Logo

बागमती पेज

फाल्गुन १८, २०७९ बिहीबार

चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखियो


काठमाडौँ । १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ ।

भण्डारीका सहयोगी योगराज कडेलले हल्का इन्फेक्सन (संक्रमण) देखिएकोले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यद्यपि ज्वरो भने नआएको र अरु पारामिटर सवै सामान्य रहेको उनको भनाइ छ । उनका अनुसार आज ड्रेसिङको काम हुनेछ । भण्डारीको उपचार आईविसियु (आईसियु) को प्रोटोकल अनुसार भइरहेको छ ।