Logo

बागमती पेज

फाल्गुन १८, २०७९ बिहीबार

हिउँदमा १४ वर्षयताकै कम वर्षा, आजदेखि प्रि-मनसुन सुरु


काठमाडौं । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो।

प्रि-मनसुनको समयमा मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने छ।