Logo

बागमती पेज

फाल्गुन १९, २०७९ शुक्रबार

दोलखा महोत्सव उद्घाटन, दर्शकहरुको उत्साहजनक उपस्थिति


काठमाडौँ । आज देखी दोलखा महोत्सव चरिकोटमा सुरु भएको छ । महोत्सव उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्धघाटन गरेका छन् ।

महोत्सवको पहिलो दिन दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । जिल्लामा पर्यटन प्रवर्द्धनका लागि स्थानीय तथा मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको चेम्बर अफ कमर्स दोलखाले जनाएको छ ।

 शुक्रवार बाट सुरु भएको महोत्सव ९ दिन अर्थात् फागुन २७ गतेसम्म चल्नेछ । महोत्सव भरी अपर तामाकोसी को डिम्याट खाता खोल्ने लगायत अन्य शिविर हुने छन् । साथै सय भन्दा बढी स्टलमा दोलखाका उत्पादन प्रदर्शन हुनेछन् ।