Logo

बागमती पेज

फाल्गुन २१, २०७९ आईतबार

दोलखा महोत्सवमा रचना रिमालको बेजोड प्रस्तुति


काठमाडौँ । दोलखा महोत्सवको तेस्रो दिन पनि दर्शको उत्साहजनक उपस्थिति देखिएको छ । महोत्सवमा सांस्कृतिक सँगै विभिन्न शिविर तथा स्थानीय उत्पादनहरूको पनि प्रदर्शन भइरहेको छ ।

महोत्सवको तेस्रो दिन नेपाली संगीतिक क्षेत्रकी चर्चित गायिका रचना रिमालले जोडदार प्रस्तूती दिएकी छन् । त्यस्तै नेपाली संगीतिक क्षेत्रकै अर्का हस्ती कमल खत्रीले पनि महोत्सवमा बेजोड प्रस्तूती दिएका छन् ।

महोत्सवको आउँदा दिनहरूमा पनि ख्याति प्राप्त कलाकारहरूले प्रस्तुति दिने तथा जिल्लाकै विभिन्न संस्कृति झल्कने कार्यक्रमहरू पनि प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।

कृषि, व्यापार, पर्यटन र पूर्वधार-समृद्ध दोलखा निर्माणको आधार ’ भन्ने मूल नाराका साथ फागुन शुक्रबार देखी सुरु भएको महोत्सव ९ दिजसम्म चल्नेछ । फागुन शुक्रवार देखी सुरु भएको महोत्सव ९ जिदसम्म चल्नेछ ।