Logo

बागमती पेज

फाल्गुन २४, २०७९ बुधबार

दुर्गा प्रसाईँको ‘कालो मोसो’ अभियानका संयोजक थापा पक्राउ


काठमाडौं। दुर्गा प्रसाईँले बैंक तथा वित्तीय संस्थाविरुद्ध सुरु गरेको कालो मोसो अभियानका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन्। उनलाई चितवन प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो।

थापा पूर्व वाईसीएल चितवन इन्चार्ज पनि हुन्। बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज लिएको भन्दै ऋण नतिर्ने अभियान प्रसाईँले चलाइरहेका छन्।

उनको अभियानले फागुन १३ गते चितवनमा सभा पनि आयोजना गरेको थियो।

बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाइएका कारण उनलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।