Logo

बागमती पेज

फाल्गुन २९, २०७९ सोमबार

यी ३ समयमा सुत्नु अशुभ मानिन्छ


हिन्दु धर्मका केहि मूल्य र मान्याता छन् जो आफैमा अद्भुद छन् तार्किक छन्, शिन्दु धर्मशास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ ।

यी हुन् सुत्नै नहुने तीन समय :

घाम झुल्किएपछिशास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

मध्यान्नको समय: मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

घाम अस्ताउने बेला: घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन । यसैगरी हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ। त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ।

शुभ मुहूर्त : विवाह होस् वा कुनै पुजाआजाका लागि होस् शुभ मुहूर्त निकै महत्वपूर्ण मानिन्छ। हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मीक विश्वास छ। समयसँग जोडिएको यस्तो एक प्राचिन मान्यता छ की सूर्यास्तका समयमा कहिलै सुत्न नहुने। आज हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ।

यस्तो छ धार्मीक कारण :

धार्मीक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ। यस समय भगवानको आराधना र आरती आदी गर्नु निकै उत्तम मानिन्छ। शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस्। यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन्।

यस्तो छ वैज्ञानिक कारण

जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ। वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ। जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन्। त्यसैले सूर्यास्तका समयमा कहिलै नभुल्नुहोस्।