Logo

बागमती पेज

चैत्र ५, २०७९ आईतबार

दोलखामा स्ववियु निर्वाचन जारी, वैतेश्वरमा मतदान सकियो


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । 

यसै बिच दोलखाका ३ क्याम्पसमा यती बेला मतदान भइरहेको छ । ३ मध्ये त्रिपुरा क्याम्पस वैतेश्वरमा मतदान प्रक्रिया सकिएर मतगणनाको काम पनि सुरु भइरहेको विद्यार्थी नेता सौगात थापाले बागमती पेजलाई जानकारी दिए । 

बाँकी दुई क्याम्पसमा ९० प्रतिशत मत खसिसकेको जानकारी थापाले दिएका छन् भने अरू विवरण आउन बाँकी रहेको छ ।जिल्लाका सबै क्याम्पसमा शान्तीपुर्ण मतदान भइरहेको पनि थापाले बताए ।