Logo

भवानी कार्की

चैत्र ५, २०७९ आईतबार

दोलखा स्ववियु निर्वाचनमा गठबन्धनलाई सफलता


काठमाडौँ । दोलखाको ३ वटै क्याम्पसमा मतगणना प्रक्रिया सकिएको छ । त्रिवि अन्तर्गतका ३ क्याम्पसमा आज भएको निर्वाचनको मत परिणाम सार्वजनिक समेत भइसकेको छ ।

जिल्लाको त्रिपुरा क्याम्पस वैतेश्वरमा गठबन्धनको झण्डा फर्रफराएको छ । सभापतिमा सरोज थापा लगायत गठबन्धनको प्यानल नै विजयी भएको ने वि संघ दोलखा अध्यक्ष सौगात थापाले बागमती पेजलाई जानकारी दिएका छन् ।

त्यस्तै प्रताप स्मृति क्याम्पस सिंगटीबाट सभापतिमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका रुपेश अर्याल दोब्बर मतले निर्वाचित भएका छन् ।

अर्याल अनेरास्ववियुका बालकृष्ण ओलीलाई दोब्बर मतान्तरले पराजित गर्दे विजयी भएका हुन् ।  ओली र अर्याल बिचको मतान्तर ३१ रहको छ । यसर्थ प्रताप स्मृति कलेजमा गठबन्धनको प्यानल नै विजयी भएको हो ।

जिरी क्याम्पस जिरीमा अनेरास्ववियुबाट सचिव बाहेक अन्य प्यानल नै निर्वाचित भएको छ । निर्वाचनबाट अध्यक्षमा एमाले निकट अनेरास्ववियुबाट ज्योति खड्का निर्वाचित भएकी छन् ।

उनले गठबन्धनका उम्मेदवार विनोद बस्नेत पूजनलाई २ मतले पराजित गरेकी हुन् । त्यस्तै सचिवमा गठबन्धनका उम्मेदवार आङ दावा शेर्पा विजयी भएका छन्

यसर्थ दोलखाको २ क्याम्पसबाट गठबन्धनले सफलता हात पारेको छ । जिल्लाको ३ क्याम्पसले निर्वाचनमा भाग लिएकोमा सबैमा शान्ति पूर्वक वातावरणमा मतदान सकिएको हो ।