Logo

बागमती पेज

चैत्र ८, २०७९ बुधबार

प्रधानमन्त्रीद्वारा गोरखामा २० किलोमिटर सडक खण्डको शिलान्यास


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज जिल्लाको पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डमा पर्ने करिब २० किलोमिटर स्तरोन्नति योजनाको शिलान्यास गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको शिलान्यास गर्नुभएको हो ।

योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ ।

भारतीय एक्जिम बैकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताउनुभयो ।