Logo

बागमती पेज

चैत्र १२, २०७९ आईतबार

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् तरिका


काठमाडौँ । हामीले आफ्नो सौन्दर्य जोगाउनका लागि धेरै प्रयास गरिरहेका हुन्छौँ। अनुहार तथा शरीरका छाला जोगाउनका लागि अनेकौँ खर्च पनि गरिरहेका हुन्छन् । समय चक्र अनुसार मानिसको शरीरका छालाहरूमा परिवर्तन भइरहेको हुन्छ । जाडो यम र गर्मी यम दुवैमा हामीले हाम्रो शरीर र छालाको ध्यान राख्नुपर्ने हुन्छ । 

यो वर्ष जाडोलाई बिदाइ गरेसँगै गर्मी सुरु भइसकेको छ । जस अनुसार गर्मीलाई  लक्षित गर्दे हामीले छालाको ख्याल गर्नुपर्ने हुन्छ । गर्मीमा धेरैलाई छालाका समस्याहरू हुन्छन् । जस्तो खटिरा, घमौरा, एलर्जी, शरीर चिलाउने, पसिना आउने तथा गन्हाउने, लगायत विभिन्न समस्या देखा पर्न सक्छ । यसबाट कसरी बाँच्न सकिने र कसरी सजग रहने सम्बन्धमा केही उपायहरू रहेका छन् । 

त्यस्ता मानिसहरूमा पनि यस्ता समस्या देखा पर्छ जो धेरै समयसम्म नुहाउँदैनन् । त्यसैले गर्मी महिनामा शरीरलाई गर्मी गराउने खानेकुराहरू कम खानुपर्छ भने अत्यधिक मात्रामा पानी तथा झोलिलो पदार्थहरू खानुपर्छ । घाममा निस्कनुअघि नै छाता बोकेर हिँड्नुका साथै घामबाट जोगिनका लागि आफ्नो छालालाई उपयुक्त हुने क्रिम लगाएर मात्र हिँड्नुपर्छ ।

अहिलेको समय घाम चर्किनुका साथै हावाहुरी अत्यधिक लाग्ने समय हुनाले धूवाँधूलोका कारण पनि छालालाई असर पार्छ । यस्ता समस्याको साधारण उपचार भनेको चिसो पानीमा रुमाल भिजाएर छालालाई सफा गर्नु हो, जसले पसिना निकाल्ने ग्रन्थिको प्वाल खुलाउँछ । साथै, घमौरा आएको अवस्थामा कटनको लुगा लगाउने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । यदि इन्फेक्सन भएमा एन्टिबायोटिक क्रिम लगाउनुपर्छ । तर, डाक्टरको सल्लाहबिना कुनै पनि क्रिम वा पाउडरको प्रयोग गर्नु हुँदैन ।
चिसो पानीले नुहाउने तथा कटनको खुकुलो अनि शरीर छोप्ने लुगा लगाउनाले समस्या आउन कम हुन्छ । यस्तै लोसन, मोस्चराइजर लगाउने, फेसका लागि फेसवास, सनस्क्रिन क्रिम लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ । भिटामिन ए, भिटामिन सी, भिटामिन ई र एन्टिअक्सिडेन्ट भएका फलफूल र तरकारी खाँदा राम्रो हुन्छ भने बाहिरका खानेकुरा ‘जंकफुड’ कम खानुपर्छ ।

त्यसमाथि अहिले व्यस्त जीवनशैलीका कारण मानिसहरूले तनाव एवं थकान बढी महसुस गर्न थालेका छन् । यसले पनि छालालाई असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ । त्यसैले डाक्टरको सल्लाहबिना आफूखुसी बजारमा पाइने विभिन्न प्रकारका कस्मेटिक सामग्रीहरू प्रयोग नगर्दा राम्रो हुन्छ ।

काठमाडौँ । हामीले आफ्नो सौन्दर्य जोगाउनका लागि धेरै प्रयास गरिरहेका हुन्छम् । अनुहार तथा शरीरका छाला जोगाउनका लागि अनेकौँ खर्च पनि गरिरहेका हुन्छन् । समय चक्र अनुसार मानिसको शरीरका छालाहरूमा परिवर्तन भइरहेको हुन्छ । जाडो यम र गर्मी यम दुवैमा हामीले हाम्रो शरीर र छालाको ध्यान राख्नुपर्ने हुन्छ । 

यो वर्ष जाडोलाई बिदाइ गरेसँगै गर्मी सुरु भइसकेको छ । जस अनुसार गर्मीलाई  लक्षित गर्दे हामीले छालाको ख्याल गर्नुपर्ने हुन्छ । गर्मीमा धेरैलाई छालाका समस्याहरू हुन्छन् । जस्तो खटिरा, घमौरा, एलर्जी, शरीर चिलाउने, पसिना आउने तथा गन्हाउने, लगायत विभिन्न समस्या देखा पर्न सक्छ । यसबाट कसरी बाँच्न सकिने र कसरी सजग रहने सम्बन्धमा केही उपायहरू रहेका छन् ।