Logo

बागमती पेज

चैत्र १४, २०७९ मंगलबार

एन्जाइटी किन हुन्छ, कसरी गर्ने उपचार ?


काठमाडौँ । एन्जाइटी हरेक मानवमा हुनुपर्ने अन्तरनिहित गुण हो। तर जब यो गुण धेरै भइदिन्छ जीवन नै चलाउन कठिन हुन्छ।

मानव जीवनका विभिन्न आयामलाई यसले असर गर्न थाल्छ। साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो। अझ भविष्यमा केही होला कि भन्ने डर एन्जाइटी हो।

एन्जाइटी किन हुन्छ ? यसबाट कसरी बच्ने ?

एन्जाइटी डिसअर्डर एन्जाइटीको एउटा भाग हो। समग्रमा भन्नुपर्दा एन्जाइटी डिसअर्डर एउटा डर र त्रास हो। अनपेक्षित दुर्घटना हुन्छ कि भनेर तयार भएर बस्नु र त्यहीअनुसारको मानसिक र शारीरिक लक्षण देखापर्नु पनि एन्जाइटिक डिसअर्डर हो।

एन्जाइटी जैविक र वंशानुगत कारणले हुन्छ। हाम्रो मस्तिष्कमा भएको नशाको गडबडीले पनि एन्जाइटी हुनसक्छ। केही औषधी र लागुऔषधले पनि एन्जाइटी हुन्छ। यसको प्रयोगले पनि एन्जाइटी भएको देखिएको छ।

मुटुको धडकन तेज हुनु, निन्द्राको समस्या हुनु यसका मुख्य लक्षण हुन्। एन्जाइटीको उपचार गर्नुअघि के कारणले भएको हो पत्ता लगाउनु पर्छ।

रक्सी खाएर एन्जाइटी कम भएको अनुभव हुन्छ, तर यो गलत हो। रक्सिजन्य पदार्थमा निर्भर हुनु हुँदैन। यसलाई बेलैमा उपचार गर्न नसके धेरै कुरा गुम्छ। त्यसैले चाँडै नै आत्मसात् गरेर उपचार गर्नुपर्छ।

एकपक्षले यसलाई रोग मान्दैन, अर्कोले यसलाई लुकाउन खोज्छ। तर यसलाई बेलैमा उपचार गर्नुपर्छ।