Logo

बागमती पेज

चैत्र १९, २०७९ आईतबार

सीता एयरले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर छाडेपछि…


काठमाडौं । सीता एयरले दाङबाट काठमाडौं आउन टिकट काटेका यात्रुलाई नेपालगञ्जमा झारेर अलपत्र पारेको पाइएको छ । १५ चैतका दिन यस्तो घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो दिन दाङबाट काठमाडौं आउने यात्रु बोकेर सीता एयर उडेको थियो । जहाजले ती यात्रुलाई नेपालगञ्जमा झारेर अन्यत्रै उडान गरेको थियो ।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले छानविन प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ । ‘सीता एयर प्रालिले १५ चैतमा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगञ्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानविन प्रक्रिया अगाडि बढाइएको छ’ प्राधिकरणले भनेको छ ।

यौनका कुरा गर्दा किन घ्यू झै पग्लिन्छन् महिलाहरु ? पुरुषका अनौठा कुरा !

यसो गर्दा महिलाहरु लाई छिटो यौन सन्तुष्टि मिल्छ