Logo

बागमती पेज

चैत्र २४, २०७९ शुक्रबार

महासंघ निर्वाचनमा त्रिपक्षीय भीडन्त


काठमाडौँ । उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा र निर्वाचन नजिएसँगै प्रचारप्रसारले तिव्रता पाएको छ । चैत्र २८ गते हुने निर्वाचनमा त्रिपक्षीय भीडन्त हुने देखिएको छ । व्यसायी उमेशलाल श्रेष्ठ अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई समूह बनाएर निर्वाचनमा होमिएका छन् ।

उमेशलाल श्रेष्ठको टिमबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् भने वस्तुगतमा हेमराज ढकाल र एसोसिएटमा भरतराज आचार्य छन । अञ्जन श्रेष्ठको समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी,एसोसिएट उपाध्यक्षमा भरत आचार्य रहेका छन् । त्यस्तै रामचन्द्र संघइको समूहमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य छन्। वस्तुगत उपाध्यक्ष सकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छन्।

चुनावी मैदानमा उत्रिएका व्यवसायीहरुले मुख्य एजेन्डामा भने वर्तमान अर्थतन्त्रलाई सुधार गर्ने पक्ष समेटेका छन् । साथै तरलताको समस्या, बैंकको व्याजदर, साना व्यापारी, उद्योगीका समस्यालाई प्राथमिकतामा राखेका छन् ।

महासंघले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार २८ र २९ चैतमा साधारणसभा र निर्वाचन हुनेछ ।महासंघको चुनावका लागि उम्मेवार बन्न २१ चैत साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउनुपर्नेछ । उम्मेदवारी र मनोनयन अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था गरेको छ । महासंघका अनुसार वरिष्ठ उपाध्यक्षको लागि मनोनयन शुल्क ५ लाख, उपाध्यक्षका लागि ३ लाख र कार्यकारिणी सदस्यका लागि ७५ हजार रुपैयाँ तोकिएको छ ।