Logo

मेघनाथ पहाडी

चैत्र २८, २०७९ मंगलबार

सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज ह्याक


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि पेज ह्याक भएको हो ।

सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा ‘ai đâu trở lại mùa thu trước’ लेखी पोस्ट गरिएको छ । एपीएफको पेजमा अनधिकृत रूपमा प्रवेश गरेर विदेशी शब्दमा कन्टेन्ट राखिएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डियसपी शैलेन्द्र थापाले फेसबुक पेज ह्याक भएर नियन्त्रण बाहिर भएपछि पुरानै अवस्थामा फर्काउन प्राविधिक टोलि खटिरहेको बागमती पेजलाई जनाएका छन् ।

केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।