Logo

मेघनाथ पहाडी

चैत्र २८, २०७९ मंगलबार

जुगल हिमाल पाँच वर्षसम्म नि:शुल्क चढ्न पाइने मन्त्रिपरिषदको निर्णय


काठमाडौं। सरकारले काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने भएको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।