Logo

बागमती पेज

चैत्र २८, २०७९ मंगलबार

साल्ट ट्रेडिङको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन्।

आइतबार बसेको सञ्चालक समितिको बैठकबाट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको प्रबन्धक उमेश कुमार ओझाले जानकारी दिए।

उनले विगत ८ वर्षदेखि कर्पोरेशनको सञ्चालकको रुपमा काम गर्दै आएका थिए। श्रेष्ठले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रुपमासमेत काम गर्दै आएका छन्।