Logo

बागमती पेज

चैत्र २९, २०७९ बुधबार

सगरमाथामा तीन आरोही बेपत्ता


काठमाडौं । सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ ।

ती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।