Logo

बागमती पेज

चैत्र ३०, २०७९ बिहीबार

नयाँ वर्ष मनाउन जहाज चार्टर गरेर आए चिनियाँ


काठमाडौँ । नयाँ वर्ष मनाउन जहाज नै चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टर गरेर चिनियाँ नागरिकहरू नेपाल आएका हुन् ।

चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । पर्यटकहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो ।

कोभिड महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब फेरी आउन सुरु भएको हो ।

केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो ।