Logo

बागमती पेज

बैशाख २, २०८० शनिबार

नयाँवर्षमा शैलुङमा पर्यटकको चहलपहल बढ्दो


काठमाडौँ । नयाँ वर्ष २०८० को पहिलो दिन दोलखाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको छ । समुन्द्री सतहदेखि करिब ३ हजार ५ सय मिटर उचाइमा अवस्थित सय थुम्का रहेको शैलुङमा शुक्रवार करिब पाच हजार आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरेका हुन् ।

शैलुङ गाउँपालिका अध्यक्ष रिमलबावु श्रेष्ठका अनुसार शैलुङ डाँडा देखि कालापानी सम्म पर्यटकको चहलपहल रहेको थियो । नयाँ बर्षमा आन्तरिक तथा बाह्य पर्यटकले शैलुङमा रमाइलो गर्दै शुभकामना आदानप्रदान गरी एकअर्कामा माया प्रेम स्नेह सद्भभाब बाढाएका थिए । डाडाँमा काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली लगायत अन्य थुप्रै जिल्लाहरुबाट पर्यटक आएका थिए ।

शैलुङमा रहेको भ्यूटावरबाट गौरीशंकर हिमाल, गणेश हिमाल, सदरमुकाम चरिकोट लगायतका हिमश्रृङखला हेर्नेको अत्याधिक मात्रामा भिड लागेको थियो ।

जिल्लाको खरिढुङ्गा, कालिञ्चोक, हनुमन्ते लगाएतका अन्य धार्मिक तथा पर्यटकीय स्थलहमा नयाँ वर्षको दिन पर्यटकको चहलपहल बढेको थियो ।