Logo

बागमती पेज

बैशाख २, २०८० शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।

केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।

नइ प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईंका अनुसार वाङ्‍‍मय शताब्दी पुरूष डा.सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले २०७७ साल माघ ३० गते नइ प्रकाशनद्वारा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दानको घोषणा गरेका थिए ।

सोही घोषणाअनुसार सत्यमोहनको पार्थिव शरीर किस्ट अस्पतालमै राखिएको छ ।