Logo

बागमती पेज

बैशाख २, २०८० शनिबार

प्लाष्टिक उद्योगमा आगलागी, ८० लाखको क्षति


काठमाडौँ । रुपन्देहीको सियारी ७ अमुवामा रहेको प्लाष्टिक उद्योगमा आगलागी भएको छ । अमुवामा रहेको जय पलाष्टिक ईण्ड्रिटिज प्रालिमा आगलागी भएको हो ।

बिहान साढे ४ बजेतिर लागेको आगलागी बिहान साढे ६ बजेतिर नियन्त्रणमा आएको थियो ।

बुटवल, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाबाट गएका तीनवटा दमकलको सहायतामा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको सियारी ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट ८० लाख रुपैयाँको क्षति भएको उद्योगले जनाएको छ । उद्योगका सञ्चालक बिजय खरेलले उद्योगमा रहेको पिभिसि पाईप लगाएतका तयारी अबस्थाका उत्पादन तथा कच्चा पदार्थ जलेर नष्ट भएको जानकारी दिए ।

उद्योगमा पलाष्टिकका बोटल, ढक्कन लगाएतका बस्तुको पनि उत्पादन हुने गरेको बताईएको छ ।

उद्योगमा आगलागी भएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, वडाअध्यक्ष दीपकबहादुर शाहीलगाएतले उद्योगको निरीक्षण गर्दै आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आगलागी के कारणले लागेको र क्षतिको यकिन बिवरण आउन भने बाँकी रहेको बताईएको छ ।