Logo

बागमती पेज

बैशाख ४, २०८० सोमबार

आफैँले बोकेको गोली लागेर सशस्त्रका हवल्दारको मृत्यु


काठमाडौँ । दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लले बताए ।

ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेको आशङ्का गरिएको छ । केसीको घाँटीमा गोली लागेको छ । एसएलआर आफैँ पड्कियो वा सहायक हवल्दारले आफैँमाथि गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।

सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर आएका थिए । त्यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।