Logo

बागमती पेज

बैशाख ५, २०८० मंगलबार

७ वैशाखमा लाग्ने सूर्यग्रहण नेपालबाट देखिँदैन


काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीनवटै सूर्यग्रहण बार्नुनपर्ने उनले बताए। उनका अनुसार तीनवटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन।
कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ।

वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मंगाेलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए।