Logo

भवानी कार्की

बैशाख ५, २०८० मंगलबार

२०० गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने


काठमाडौँ । लगनखेल ललितपुर स्थित एकेडेमी अफ आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेन्योरसिप कलेजले २०० गरिब तथा जेहेन्दार विद्यार्थीलाई सिएलइ ले को विएचएम कार्यक्रमका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कलेजले आज एक कार्यक्रमको आयोजना गर्दे सीमान्तीकृत विद्यार्थीका लागि नेपालका ७७ वटै जिल्लाका प्रत्येक एक छात्र तथा छात्र तथा अन्य सार्क राष्ट्रबाट एक छात्र र एक छत्र समवेस गर्ने जनाएको छ ।

त्यस्तै अपाङगता भएका विद्यार्थीबाट १० जना र आतिथ्य उद्गमा उच्च शिक्षा हासिल गर्ने आकांक्षा भएका नेपालमा बसोवास गर्ने १० शरणार्थीहरु गरी २०० योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने लिड नेपाल आइएनसीका प्रमुख अनिल केशरी शाहले बागमती पेजलाई जानकारी दिए ।

उनका अनुसार यदी कोही कसैमा होटेल म्यानेजमेन्ट पढ्ने चाहाना भएको खण्डमा त्यसको परिपूर्ती एकेडेमी अफ आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेन्योरसिप कलेजले गर्ने छ । जसका लागि छात्रवृत्तिका लागि आवेदन दिनुपर्नेछ ।

छात्रवृत्तिले योग्य विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने आयोजक टिमले बताएको छ । तर नेपाली विद्यार्थीले सार्वजनिक संस्थाहरु मार्फत कक्षा ८, १० र १२ उत्तीर्ण हुनुपर्नेछ । छात्रवृत्ति आवेदन प्रकृया आगामी जेष्ठ १९ गतेबाट खुला हुनेछ ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले ४ वर्षको अवधिमा अध्ययनको पाठ्यक्रम मात्र नभई असाधारण नेताहरुमा विकासित हुने सीपहरु पनि सीक्ने अवसर पाउने बताईएको छ ।