Logo

बागमती पेज

बैशाख ५, २०८० मंगलबार

पिस फर दलित फाउन्डेशन नेपालको कार्यालय उद्घाटन


काठमाडौँ । पिस फर दलित फाउन्डेशन नेपालको कार्यालय पर्साको संखुवाप्रसौनी गाउँपालिका–५, महुवनको दलितबस्तीमा उद्घाटन भएको छ । अन्तर्राष्ट्रिय युवा समाजका अध्यक्ष डा. पियारत्न महर्जनले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाट गर्दै अध्यक्ष महर्जनले दलितको हक हितमा काम गर्न हाम्रो संस्थाबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । दलितलाई राज्यले विशेष रुपमा हेर्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष महर्जनले दलितलाई गुणस्तरिय शिक्षा प्रदान गर्न यहाँको स्थानीय तह र प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

विगत तीन वर्षदेखि मधेस प्रदेशका आठ जिल्ला समेत नेपालभरी कार्यक्षेत्र बनाइ कार्य गरिरहेको फाउन्डेशनले दलित समुदायका लागि शिक्षा, सशक्तीकरण, समानता, सामाजिक न्याय, स्वतन्त्रता तथा छुवाछूत अन्त्यको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा फाउन्डेशन नेपालका अध्यक्ष मनोज राम, दलित अधिकारकर्मी प्रोदीपरुद्र अधिकारी, औनुल अन्सारी, झारखण्डका सामाजिक अभियन्ता मनोज कुमार, सुवास श्रेष्ठ लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण फाउन्डेशनका सचिव दीपेन्द्रकुमार रामले गरेका थिए ।