Logo

बागमती पेज

बैशाख १८, २०८० सोमबार

तामाको भाँडोमा पानी पिउनु कति फाइदा ?


एजेन्सी । तपाईं प्राय धेरैको मुखबाट सुन्नुभएको होला तामाको भाँडोमा पानी पिउँदा शरीरलाई विभिन्न फाइदा हुन्छ। यसले तपाईंको पेट पनि सफा रहन्छ साथै कैयौं विमारीहरु पनि कोसौं टाढा भाग्छन्।

तामाको भाँडोमा दिनहुँ पानी पिउने गरेमा धेरै प्रकारका स्वास्थ्य लाभहरु पाउन सकिन्छ। यसले शरीरमा ऊर्जा दिने काम गर्छ साथै शरीर डिटक्स पनि हुने गर्छ। तर तामाको भाँडोमा पानी पिउँदा तपाईं केही कुराहरुको ध्यान दिनुपर्ने हुन्छ। नत्र यसले फाइदा गर्नुको सट्टा बेफाइदा गर्न पनि सक्छ। आउनुहोस् यसबारेमा जानौं :–

गर्मीको दिनमा तामाको भाँडामा पानी
आर्युवेदका अनुसार तामाको भाँडोमा पानी रातभर राख्दा पानीमा भएका ब्याक्टेरिया मर्छन् र पानी शुद्ध हुन्छ । यस्तो पानी पिउनाले पेट सफा रहन्छ, कब्जियतको समस्या हुँदैन त्यस्तै ग्यासको समस्याबाट पनि छुट्कारा पाइन्छ । गर्मीमा तामाको भाँडामा धेरै पानी पिउनु हुँदैन किनकी यसले शरीरलाई अझै गर्मी बनाउन सक्छ ।

तामा कस्तो धातु
तामा धातु आफैमा तातो वा गरम मानिन्छ। त्यसैले यसमा राखेको पानीले जाडो समयमा अझ धेरै फाइदा गर्छ। यदी तपाईंले तामाको बोतललाई फ्रिजमा राखेर चिसो बनाए पनि कुनै फाइदा हुँदैन।

किनकी यसको तासिर नै गर्मी भएकाले यसलाई फ्रिजमा राखेर केही फाइदा हुँदैन। यसले फाइदा गर्नुको साटो नोक्सान पुर्‍याउन सक्छ । तामाको बोतलमा राखेको पानी तपाईं कोठाको तापक्रमअनुसार नै पिउने गर्नुहोस्।

तामालाई फ्रिजमा नराख्नुको कारण
कैयौं अध्ययनहरुका अनुसार, तामाको बोतलमा २–३ दिनसम्म पानी राखेर धेरै फाइदा हुने हुँदैन। त्यस्तै फ्रिजमा राख्दा पनि यसले गलत असर गर्ने बताइएको छ। फ्रिजमा तामाको भाँडामा राखेको पानी पिउँदा तपाईंको स्वास्थ्य खराब पनि हुन सक्छ।