Logo

बागमती पेज

बैशाख १९, २०८० मंगलबार

दिनेश भण्डारीको दोहोरी गीत चमेरो सार्वजनिक


काठमाडौँ । गायक दिनेश भण्डारीको शब्द रचनामा रहेको चमेरो बोलको गीत सार्वजनिक भएको छ । गीत मेनुका डिजिटल यूटुयूव मार्फत भिडियो सहित सार्वजनिक गरिएको हो । 

गीतमा गायक दिनेश भण्डारी, आशिष् पोखरेल तथा गायिकाहरू सरिता अधिकारी र पार्वती बानियाको स्वर रहेको छ । गीतमा गायिका पार्वतीको साथमा कुमार सुनेलको अभिनय रहेको ।  

गीत चमेरोमा रोधीघरको झल्को मेटाउने खालको विशेषता रहेको गीतका सर्जक दिनेश भण्डारीले बताएका छन् । म्युजिक भिडियोमा गायक दिनेश लगायतलाई देख्न सकिन्छ । 

विशाल मूभिज प्रालिको दृश्य निर्माण रहेको प्रस्तुत गीतको भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन र रोनिश तामाङको छायाङ्कन रहेको छ । 

लामो समयदेखि गायनमा सक्रिय दिनेशको यस अघि जाई फूलको वासना बोलको गीत सर्वाधिक चर्चामा रहेको थियो भने करिब डेढ दशक अघिको उक्त गीत पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा समेत चर्चामा छ ।

जाई फूलको माला गा“सेर, तिमी सुन्दरी, बसमा छैन मन लगायत गीत मार्फत लोक पारखीको मनमा बस्न सफल उनी लाइभ दोहोरीमा समेत सक्रिय छन् ।