Logo

बागमती पेज

बैशाख १९, २०८० मंगलबार

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीकाे बधाई सन्देश


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।

आज सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएसँगै खेलाडीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट खेलाडीलाई बधाई दिँदै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भनेका छन् ।