Logo

बागमती पेज

२२ बैशाख २०८०, शुक्रबार

सिम्रिक एअर दुर्घटना : पाइलट पौडेल र यात्रु गुरुङको हेलिकप्टरबाटै उद्धार


काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ को हम्बरेडाँडामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना भएको छ ।

आज दिउँसो भएको दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन् । दुवै जनालाई सोलुखुम्बुबाट गएको सिम्रिक एअरकै हेलिकप्टरले उद्धार गरेर थप उपचारका लागि काठमाडौँ लगेको भोटखोला–४ का वडाध्यक्ष विकास तामाङले उज्यालोलाई जानकारी दिए ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनमा परेको हो । हेलिकप्टरमा आगो लागेको छैन । वडाध्यक्ष तामाङले हेलिकप्टरमा रहेका अरू दुई जना हाम फालेर सुरक्षित रहेको बताए पनि यसको पुष्टि भएको छैन ।