Logo

भवानी कार्की

बैशाख २४, २०८० आईतबार

धमाधम सडक कालोपत्रे गर्दे शैलुङ


काठमाडौँ । दोलखाको शैलङ गाउँपालिकाले मुडे मेलुङ सडक अन्तर्गत पर्ने सडकको कालोपत्रे गरिरहेको छ । वैशाख २३ शनिवारदेखि पहिलो चरण ९ किलोमिटरको तर्गेट भित्र पर्ने सडक खण्ड कालोपत्रे काम भइरहेको हो । 

गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठका अनुसार मुडेदेखि गाउँपालिका कार्यालय हुँदै शैलुङ सम्म १६ किलोमिटर सडकको काम जिम्मा लिएको निर्माण कम्पनी शुभकामना र महालक्ष्मीले नै कालोपत्रे गरिरहेको छ । 

करिब ३१ करोड लागतमा कालोपत्रे तयार हुने सडक हालसम्म साढे दुई किलोमिटर कालोपत्रे भइसकेको र मौसम सफा भई राखे काममा निरन्तरता रहने अध्यक्ष श्रेष्ठले बागमती पेजलाई जानकारी दिए । 

सडक कालोपत्रको काम हुँदै

मुडे देउराली सडक खण्डको १६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले ३१ करोड ७५ लाख रुपैयाँमा महालक्ष्मी निर्माण, द कञ्चनजंगा र शुभकामना जेभीसंग दुई वर्षमा काम पुरा गर्ने गरी सम्झौता गरे अनुरूप काम भइरहेको पालिकाले जनाएको छ । 

मुडे देखी ९ किलोमिटर अन्तर्गत पर्ने सडक खण्डको कालोपत्रे बाहेक वेश सब वेसको काम सम्पन्न भइसकेको छ । घाम लागे धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । 

पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ सहितको टोली

यो पनि पढ्नुहोस:

सडक निर्माणमा शैलुङको तीव्रता