Logo

भवानी कार्की

बैशाख २७, २०८० बुधबार

स्व. श्रीकृष्ण दाहालको स्मृतिमा अक्षय कोष स्थापना


काठमाडौँ । दोलखाका स्वर्गीय समाजसेवी श्रीकृष्ण दाहालको स्मृतिमा भीमेश्वर नगरपालिका -७ स्थित कुटीडाँडा माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । विद्यालयको पूर्व विद्यार्थी तथा समाजसेवी दाहालको दोस्रो स्मृतिमा पूर्व विद्यार्थी समाजको आयोजनामा मङ्गलवार १ लाख ५१ हजारको अक्षय कोष स्थापना गरिएको हो । 

अक्षय कोष स्थापना गरिएको रकमको चेक विद्यालयका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको पूर्व विद्यार्थी समाजले बताएको छ । 

अक्षय कोष स्थापनाको रकम बराबरको चेक ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानाध्यापक श्रेष्ठले अक्षय कोषमा भएको रकम प्रत्येक वर्ष कक्षा आठमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने १ छात्र, १ छात्रा तथा विद्यालयभरिमा एक जना विपन्न विद्यार्थीलाई छनौट गरी छात्रवृत्ति दिने निर्णय गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पूर्व विद्यार्थी समाजले यस विद्यालयको शैक्षिक उन्नतिका लागि विभिन्न क्रियाकलाप गर्दे आएको छ । श्रीकृष्ण दाहाल यस विद्यालयको एक होनहार प्रतिभाशाली व्यक्तित्व  हुनुन्थ्यो, उहाँका इच्छा, आकाङछ्या र उहाँले देखेका सपना अव पूर्व विद्यार्थी संघले पूरा गर्नुपर्छ । आगामी दिनमा विद्यालय र विद्यार्थीको स्तर उन्नतिका लागि यस्तै कदम चाल्नुपर्छ ।”

अक्षय कोषमा जम्मा भएका रकमले विद्यालयमा अन्य राम्रा-राम्र कामहरु गर्दे जाने समेत प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दे भी नपा -७ का वडाध्यक्ष विनोद तामाङले शिक्षा समाज परिवर्तनको सकारात्मक संवाहक भएको कारण शिक्षा क्षेत्र र बालबालिकामा लगानी गरे मात्र भविष्यको बलियो र असल आधारशिला तयार हुने बताउनुभयो । अक्षय कोष स्थापना छात्रवृत्ति वितरण विद्यार्थीहरूमा थप हौसला प्रदान गरेको धारणा व्यक्त गर्नुभयो । 

त्यस्तै पूर्व विद्यार्थी समाजका अध्यक्ष उमेश खड्काले विगत देखिनै समाजले विद्यार्थीहरूका हितका लागि काम गर्दे आएको बताउनुभयो । विशेष गरी कुटीडाँडा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका शैक्षिक उन्नतिका लागि पूर्व विद्यार्थी समाज सदैव तत्पर रहने धारण राख्नुभयो । 

कुटीडाँडा माध्यमिक विद्यालयमा अध्ययन गरी उच्च शिक्षाका लागि विभिन्न स्थानमा पुग्ने विद्यार्थीहरुलाइ समाजले सकेको सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगी हातहरु रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा अक्षय कोष स्थापना सँगै कुटीडाँडा माविमा लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी लिएर कुशलतापूर्वक प्रशासनिकको जिम्मेवारी सम्हाल्नु हुने प्रधानाध्यापक शङ्करलाल श्रेष्ठ सम्मानित हुनुभएको छ । पूर्व विद्यार्थी समाजद्धरा नै प्रधानाध्यापक श्रेष्ठलाई सम्मान गरिएको हो । 

त्यस्तै कुटीडाँडा माविका पूर्व प्रधानाध्यापक नरबहादुर बस्नेत, स्याम सुन्दर बस्नेत, राम केशरी चर्मकार, ग्यानु योगी, नारायण भुजेललाई पनि समाजले सम्मान गरेको छ । विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न लामो समय सक्रियताका साथ लागि पर्नुहुने शिक्षक ध्रब बस्नेत समेत सम्मानित हुनुभएको छ ।