Logo

बागमती पेज

बैशाख ३१, २०८० आईतबार

प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ


काठमाडौँ । निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका हुन् ।

शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । वैशाख ३० गते शनिबार सिदार्थ बुटिक होटलमा भएको महाधिवेशनले राजन श्रेष्ठलाई अध्यक्षमा चुनेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए भने उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरुङ चयन भए।

नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निजि तथा आवासीय विद्यालय संगठन काठमाडौँको सदस्यहरुमा रूपक लामिछाने, मुरारि चालिसे, शिव तिमसिना, सुरेन्द्र मगर, निराजन आचार्य, सन्तु खड्का र सुस्मिता मैनाली चयन भएका छन्।