Logo

बागमती पेज

जेष्ठ ६, २०८० शनिबार

बैँकबाट रकम चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका एक सहित ९ जना पक्राउ


काठमाडौँ । इटहरीको एभरेष्ट बैँकबाट बचतकर्ताको डेढ करोड रकम चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका एकसहित ९ जना पक्राउ परेका छन् ।

एभरेष्ट बैँकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी गरेको आरोपमा शाखाका प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे ८ का विश्वराज शाक्य सहित ९ जना पक्राउ परेका हुन् । जसमा एभरेष्ट बैँक इटहरी शाखाका सुपरभाईजर धावा लामा, मनोज घिमिरे, देवराज शर्मा लगायत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

उहाँका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट १ करोडभन्दा बढी रकम चोरी गरेको हो । पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए ।