Logo

बागमती पेज

जेष्ठ १२, २०८० शुक्रबार

कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित


काठमाडौँ । कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित भएका छन् । राष्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशले ‘अन्तर्राष्ट्रिय नाजरूल कवि गोष्ठी-२०२३’ को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ बाट सम्मान गरेको हो।

धमलाले हालै अंग्रेजी कवितासंग्रह ‘द सेल्फिस सिटी’ ल्याएका छन्। कार्यक्रममा बंगलादेशी कवि तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसनका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविताबारे चर्चा गरेका थिए।

त्यस्तै अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मुलका कवि कुमाराज सुवेदीलाई सम्मान गरिएको थियो। उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो। सुवेदीको ‘द कलर अफ इस्प्रिंग’ कविता संग्रह प्रकाशित छ। बंगलादेशी लेखक महमुदुल हसन निजामिले उनको कविता संग्रहबारे चर्चा गरेका थिए।

बंगलादेशको सेगुनबगैँचास्थित इन्टरनेसनल मदर ल्यांग्बेज इन्स्टिच्युटमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका कविहरू उपस्थिति थियो।