Logo

बागमती पेज

जेष्ठ १७, २०८० बुधबार

जेष्ठ नागरिक सेवाका लागि चर्नावतीधाम महायज्ञबाट उठ्यो एक करोड बढी रकम


दोलखा । दोलखाको शैलुङ गाउँपालिका–७ फस्कूस्थित चर्णावतीधाममा श्रीमद् देवी भागवत् महायज्ञ सम्पन्न भएको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि चर्णावतीधाममा आयोजना गरिएको थियो ।

सो महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमबाट एक करोड भन्दा बढी रकम उठेको आयोजकले बताएको छ । चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघ दोलखाका अध्यक्ष गुणबहादुर बुढाथोकीका अनुसार महायज्ञमा नगद एक करोड ५ लाख भन्दा बढी संकलन भएको हो ।

महायज्ञमा वैतेश्वर गाउँपालिका १ गैरीमुदीकी शारादा उप्रेति घिमिरेले सवैभन्दा बढी १५ लाख २ हजार रकम दान गरेकी छन् । भीमेश्वर नगरपालिका ३ का प्रभुराम श्रेष्ठले ११ लाख तथा शैलुङ गाउँपालिका ८ का सोवित उप्रेतिले ३ लाख रकम दान गरेका छन् ।

जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि मेलुङ गाउँपालिकाले १० लाख, शैलुङले १५ लाख, वैतेश्वरले १५ लाख ६० हजार, जिरी नगरपालिकाले १० लाख, तामाकोशी गाउँपालिकाले १० लाख, विगु, कालिञ्चोक, गौरीशंकर गाउँपालिका र भीमेश्वर नगरपालिकाले पनि सहयोग गर्ने घोषणा गरेको महायज्ञ प्रचारप्रसार समितिका संयोजक शिवकुमार भूजेलले जानकारी दिए । चर्णावतीधाममा यही जेठ ७ गतेदेखि १५ गतेसम्म ९ दिन श्रीमत देवि भागत ज्ञान महायज्ञ आयोजना गरिएको थियो ।