Logo

बागमती पेज

जेष्ठ १९, २०८० शुक्रबार

सुनकोशीमा गाडी खस्दा तीनजना बेपत्ता, एकजनाको उद्धार


काठमाडौँ । मध्यपहाडी लोकमार्ग घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिकामा गाडी दुर्घटना भएको छ ।

शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जादै गरेको बा १ झ ७४६७ नम्बरको कार गोलन्जोर गाउँपालिका ७ नम्बर वडास्थित लौकुनबाट डेढ सय मिटर तल सुनकोशीमा खसेको उक्त गाडीका चालकले बताएका छन् ।

सिटिभिटिका कर्मचारी सवार गाडीका चालक भने सकुशल रहेका छन् । चालक पौडीएर बाँच्न सफल भएका छन् । भने गाडी सुनकोशीमै रहेको र तीनजना बेपत्ता रहेको ती चालकले बताए ।

गाडी र बेपत्ताको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।