Logo

बागमती पेज

जेष्ठ २४, २०८० बुधबार

ठमेलमा लिभिङ टुगेदरमा बसेकी युवतीको हत्या, प्रेमी पक्राउ


२४ जेठ, काठमाडौं। प्रेमीसँग सामान्य विषयमा मनमुटावका कारण भएको झगडाका क्रममा एक जना युवतीको ज्यान गएको छ ।

काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो ।