Logo

बागमती पेज

जेष्ठ २६, २०८० शुक्रबार

सिन्धुलीमा सर्पको डसाईबाट बृद्धाको ज्यान गयो


सिन्धुली । सिन्धुलीमा सर्पको डसाईबाट एक बृद्धाको मृत्यु भएको छ । सर्पको डसाईबाट सिन्धुलीको दुधौली नगरपालिका १० की ६२ बर्षिय शिवकुमारी कार्कीको मृत्यु भएको हो ।

कार्कीलाई आज बिहान साँढे ५ बजे आफ्नै घरको पेटिमा हिड्ने क्रममा सर्पले डसेको थियो । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि दुधौली ९ स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि कर्जजन फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।