Logo

बागमती पेज

जेष्ठ २९, २०८० सोमबार

त्रिभुवन विमानस्थलबाट ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ


काठमाडौं । करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् ।
सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरी स्रोतले बतायो ।

प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो ।