Logo

बागमती पेज

जेष्ठ २९, २०८० सोमबार

सेती नदीमा नुहाउने क्रममा रामेछापका युवक बेपत्ता


रामेछाप । रामेछापका एक युवक सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् ।

उमाकुण्ड गाउँपालिका– ५ कृतिगाउँका २४ वर्षीय मिलन तामाङ सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। उनी काठ चिरानको कामको सिलसिलामा डोटी गएका थिए।

दिपायल सिलगढी नगरपालिका–३ कैलाडास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् तर हालसम्म फेला परेका छैनन्।