Logo

बागमती पेज

जेष्ठ ३०, २०८० मंगलबार

रास्वपा तेमाल गाउँपालिकाको सचिवमा प्रदिप मैनाली


काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा रजनीतिक गतिविधि गर्दै आएका प्रदिप मैनाली तेमाल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टीको निर्विरोध सचिवमा निर्वाचित भएका छन् ।

मैनाली बुढानिलकण्ठमा रहेको दिप मण्डला क्लबको सचिव समेत हुन् । उनी तत्कालिन अबस्थामा बुढानिलकण्ठ १० को राष्ट्रिय युवा संघको सचिव समेत थिए । एमाले छोड्दै राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय सदस्य समेत भएका मैनाली केही महिना केन्द्रिय सदस्यमा काम गरेर बिचार नमिलेपछि उक्त पार्टी समेत परित्याग गरि बसेका थिए ।

रबि लामिछानेले पार्टी खोलेपछि राष्ट्रिय स्वातन्त्र पार्टीको भिजन पढदै गए यस पार्टीको उद्देश्य बिचार र संसदमा यस पार्टीको सांसदको भुमिका चित्त बुझदै गएपछि मैनाली यस पार्टीमा आबद्ध हुने निर्णय गरे र यस पार्टीको सदस्य लिए ।

कुनै पनि पद नलिने समाजिक संजालमार्फत जनाएका मैनाली अचानक सचिव बनेपछि अर्थपुर्ण रूपमा लिएको छन् । उनले भने, “समय र जनताको माग भएकोले उक्त पद लिएको हुँ। म सहर केन्द्रित राजनीति भन्दा तेमाल बनाउने अभियानमा लागको छु । तेमाल बनाउने मेरो यात्रा अव रोकिने छैन” ।