Logo

बागमती पेज

जेष्ठ ३०, २०८० मंगलबार

दोलखामा योद्धा गाडी र मोटरसाइकल आपसमा ठोक्कियो, दुई जना घाईते


काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिकामा योद्धा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक भीमेश्वर नगरपालिका ९ का ३५ वर्षिय रमेश श्रेष्ठ र सोही स्थानका ५० वर्षिय विरबहादुर मानन्धर घाईते भएका हुन् ।

घाईतेमध्ये एक जनाको अवस्था गम्भिर छ । दोलखाका प्रहरी निरिक्षक धर्मेश कुमार यादवले जानकारी दिए अनुसार, दुर्घटनामा परी गम्भिर घाईते भएका मानन्धरलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने श्रेष्ठको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।

चरिकोटबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३–०२३ च १८६५ नम्बरको योद्धा गाडी र काठमाडौं चरिकोट आउँदै गरेको बा ७४ प ५५५३ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका ८ स्थित कृषिडाँडामा आपसमा ठोक्किएको थियो ।