Logo

बागमती पेज

जेष्ठ ३२, २०८० बिहीबार

‘वान एक्स बेट’मार्फत अनलाइन जुवाः पक्राउ परे आधा दर्जन बढी कलाकार


काठमाडौँ । बेटिङ प्रचार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आधा दर्जन बढी कलाकार पक्राउ परेका छन् ।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा आठ जनालाई हिजो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । उनीहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज डाँगीले जानकारी दिनुभयो ।

प्रहरीले हिजो पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच जना एजेन्टलाई सार्वजनिक गरेको थियो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।