Logo

बागमती पेज

असार १८, २०८० सोमबार

बस्नेतको सामाजिक कार्य: खुत्रुके फुटाएर विद्यार्थीलाई शैक्षिक सामाग्री


काठमाडौँ । करीब १ वर्षदेखि खुत्रुकेमा जम्मा गरेको पैसा निकालेर सामाजिक अभियन्ता राजन बस्नेतले शैक्षिक सामाग्री वितरण गरेका छन् ।

भीमेश्वर नगरपालिका वडा नं ७ साखिने निवासी बस्नेतले खुत्रुकेमा सङ्कलित रकम स्टेशनरी तथा शैक्षिक सामाग्री किन्न रकम अपुग भए सगै बैठक तथा तालिममा सहभागी भए बापत पाएको भत्ता समेत खर्चेर शैक्षिक सामाग्री खरीद गरेका हुन् ।

बस्नेतले भीमेश्वर नगरपालिका वडा नं ७ मा रहेको विरेन्द्र आधारभुत विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको  विद्यालयका प्रध्यानाध्यापक कृष्ण बहादुर खत्रीले जानकारी दिए ।

सामाजिक अभियानता बस्नेतले यस अघि गौरीशंकर बालगृहका बालबालिकाहरुलाई स्कुल ब्याग, बहिरा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री, बाल मन्दीरका विद्यार्थीहरुलाइ खेलकुदका सामाग्री लगायत ३ दर्जन भन्दा बढी विद्यालयमा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको सामाजिक अभियन्ता सिर्जना श्रेष्ठले जानकारी दिए ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बागमती प्रदेश कै पहिलो बालमैत्री नगर बनाउन समेत अग्रणी भुमिका निर्वाह गरेका बस्नेतले दोलखा जिल्ला लाई नै नेपालको पहिलो बाल मैत्री जिल्ला बनाउन लागि परिरहेका छन् । उनी दोलखा जिल्लामा बाल बिवाह मुक्त जिल्ला बनाउन अतिरिक्त जनचेतना मुलुक क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरि सरकारी तथा गैरसरकारी निकायहरु सँग समन्वयकारी भूमिका समेत निर्वाह गरिरहेका छन् ।

दोलखामा कहिले सरसफाइ अभियानको नेतृत्व गर्छन् त कहिले सहयोगीपेक्षी सडक मानवमुक्त अभियानमा अग्रणि भुमिकामा देखिन्छन् । दोलखालाई समृद्ध दोलखा र सुखी दोलखाली जनता बनाउने अभियानका साथ विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै जनताको घर दैलोमा पुग्छन् ।

उमेरले २४ वर्ष लागेका बस्नेत कहिले मृगौला पीडितलाई सहयोग जुटाउने कार्यमा सामेल हुन्छन् त कहिले अभिभावक बिहिन र बिपन्न बालबालिकाको अधिकार सुनिश्चित गराउन सम्बन्धित सरोकारवालाहरुको दैलो ढकढक्याउन पुग्छन् ।

कहिले नेपालमा नै सिमान्तकृत जिरेल जातिहरुको घर दैलोमा पुगि उनिहरुको मनोभावनाको बारेमा जानकारी लिन्छन् त कहिले भीमेश्वर १ सुस्पा क्षमावति जहाँ थामी जातिको उद्गम थलो भनी चिनिन्छ । त्यहाँका मानिसहरुको घाउमा मल्हम लगाउन पुग्छन् भने दोलखाको उत्तरी गाउँ सुरीमा सुरेलहरुको जनजीवन वा जनजिविका कसरी चलिरहेको छ भन्ने बारेको अध्ययन गर्न त्यहाँ पुगेका हुन्छन् ।

उनी प्राय बालगृहका बालबालिकाहरुसँग निरन्तर रूपमा घुलमिल हुन रुचाउँछन् । कहिले आफुले जम्मा गरेको खुत्रुक्के फुटाएर बालबालिकालाई बिधालयमा झोला वितरण गर्दछन् भने कहिले नेपाली कथानक चलचित्र भत्किएको मन बनाएर दर्शकलाई मनोरञ्जनको साथमा सकारात्मक सन्देश प्रवाह गर्न अघि बढेका बस्नेत पत्रकारीता र साहित्यमा समेत सक्रिय रूपमा अनवरत रुपमा लागी परिरहेको छन् ।

राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित बस्नेत, राष्ट्रिय गौरीशंकर च्छोरोल्पा सेवा सम्मान २०७८ सहित १० दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

उनले सानै उमेरमा गरेको प्रगति र समाजसेवी भावना सकारात्मक बिचार र सबैसँग गर्ने समान व्यवहार हेर्दा लोभलाग्दो देखिन्छ । उज्यालो भविष्य दोलखाका अध्यक्ष एवं सामाजिक अभियन्ता बस्नेत युवाहरुका लागि प्रेरणाका श्रोत बन्न सक्छन् ।