Logo

बागमती पेज

असार २०, २०८० बुधबार

सिभिल लघुवित्त वित्तीय संस्थाले विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने


काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्ने भएको छ ।

संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्ने भएको हो ।

सिन्धुलीको फिक्कल ३ स्थित श्री प्रकाशोदय माध्यमिक विद्यालय खुरहरी खोलागाउँमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ८५ जना विद्यार्थीलाई झोला वितरण गरिने सभिल लघुवित्त वित्तीय संस्था लिमिटेड सुम्नामबेसी सिन्धुलीका शाखा कार्यालय प्रमुख सरोज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा फिक्कल ३का वडाध्यक्ष टेक बहादुर रजन मगरको प्रमुख आतिथ्यता र संस्थाको क्लस्टर कार्यालय साँगाबाट अनुगमन अधिकृत विषाल तिवारी लगायतको उपस्थितिमा कार्यक्रम गर्न लागिएको छ ।