Logo

बागमती पेज

असार २१, २०८० बिहीबार

एसईईको नतिजामा सुधार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ ।

परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।