Logo

बागमती पेज

असार २४, २०८० आईतबार

फिक्कलमा सिभिल लघुवित्त वित्तीय संस्थाद्वारा शैक्षिक सामाग्री वितरण


काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुलीको फिक्कलको सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका– ३ स्थित श्री प्रकाशोदय माध्यमिक विद्यालय खुरहरी खोलागाउँमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ८५ जना विद्यार्थीलाई झोला वितरण गरिएको सभिल लघुवित्त वित्तीय संस्था लिमिटेड सुम्नामबेशी सिन्धुलीका शाखा कार्यालय प्रमुख सरोज श्रेष्ठले जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक टिकाजंग श्रेष्ठले वित्तिय संस्थाले यस प्रकारका कार्यक्रम गर्दा विद्यार्थीहरुलाई दैनिक विद्यालय जान उत्प्रेरणा मिल्ने र विद्यार्थीको पढाईमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे ।

सभिल लघुवित्त वित्तीय संस्था लिमिटेड सुम्नामबेशी सिन्धुलीका शाखा कार्यालय प्रमुख सरोज श्रेष्ठले वित्तिय संस्थाले यस किसिमका कार्यक्रम गरेको पालिका भित्रकै पहिलो रेकर्ड रहेको जानकारी दिए । प्रमुख श्रेष्ठले विद्यालयमा यस किसिमका विद्यार्थीलाई सहयोग गर्ने खालका कार्यक्रम आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर कार्कीको अध्यक्षतामा झोला वितरण कार्यक्रम गरिएको थियो । यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्न कार्यालय प्रमुख श्रेष्ठलाई अनुरोध गरेका थिए । शैक्षिक सामाग्री सहयोग कार्यक्रमले विद्यार्थीको मनोबल समेत बढ्ने उनको भनाई थियो ।