Logo

बागमती पेज

असार २७, २०८० बुधबार

यौन व्यवसायमा संलग्न आरोपमा ३ होटल सञ्चालक र ५ जना महिला पक्राउ


काठमाडौँ । कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटल सञ्चालक र पाँच महिला पक्राउ परेका छन् ।

यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटलका सञ्चालक भीम शाहीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको होटलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी लिए ।

यसअघि सोमबार पनि लम्कीबाट २ नाबालिग पक्राउ परेका थिए । उनीहरूलाई यौन व्यवसायमा संलग्न गराएको भन्दै होटल सञ्चालक महेशप्रसाद जैशीलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइएको थियो ।