Logo

बागमती पेज

असार २७, २०८० बुधबार

बूढानीलकण्ठ-९ मा एसइई उतिर्ण विद्यार्थीलाई सम्मान तथा अन्तरक्रिया


काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर नौं ले शैक्षिक शत्र २०७९ मा एसइई परीक्षा उतिर्ण भएका विद्यार्थीहरुसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाले बूढानीलकण्ठ–९ भित्र बसोबास गर्ने विद्यार्थीहरुलाई वडा कार्यालयमा सम्मान गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले एसइई पास भएर ११ पढ्ने विद्यार्थीहरु धेरै कुराबाट जानकारी भएका र एक जिम्मेवार व्यक्ति भएको बताउनुभयो । आफुले गर्ने हरेक काम बुझ्ने उमेर भएको बताउनुभयो ।

उहाँले आफ्नो रुचि र खुबिलाई मध्यनजर गर्दै वृत्ति विकासमा आधारित उच्च शिक्षाका विषयहरु छनौट गर्न समेत आग्रह गर्नुभयो । कुन ठिक बेठिक हो, कुन काम गर्दा के हुन्छ, आफु कुन बाटोमा जाँदैछु भन्ने खालका कुरामा ध्यान दिनुपर्ने अध्यक्ष त्रिपाठी पाण्डेको भनाई थियो । विद्यार्थीले आफुमात्र नभएर आफ्नो परिवारलाई समेत नेतृत्व गर्न उनीहरुको भुमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

कार्यक्रममा योग गुरु राम पाण्डेले विद्यार्थीलाई उत्प्रेरणाजनक प्रशिक्षण समेत दिनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सुनिता सिवा, वडा सदस्य रमेश गौतम, श्याम कार्की, सुमी परियार, वडा सचिव कुमार निरौला लगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो  ।

कार्यक्रमको अवसर पारेर वडा नं ०९ स्थित कृजल फुटबल क्लबका महिला टोलिद्वारा गोकर्णेश्वर खुल्ला महिला फुटसल प्रतियोगिता जितेर ल्याएको ट्रफि वडालाई हस्तान्तरण गरिएको थियो । फुटबल क्लबका टिम व्यवयस्थापक पुष्कर खड्का र महिला टोलिलाई वडाले खादा र मायाको चिनो सहित सम्मान गरेको छ ।