Logo

बागमती पेज

असार २९, २०८० शुक्रबार

विद्यार्थीलाई यौन सम्पर्क गर्न बाध्य बनाउने शिक्षिका पक्राउ


काठमाडौँ । अमेरिकाको नेब्रास्का राज्यको विन्साइड पब्लिक स्कुलकी एक विज्ञान शिक्षिकाको व्यभिचार कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ती शिक्षिकाले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन । ती शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ ।

ती शिक्षिकामाथि लगाइएको आरोप सत्य साबित भएको छ । अमेरिकाको यो प्रान्तको कानुन अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर ती शिक्षिका प्रहरी र कानुनको नियन्त्रणमा आएकी छन् किनभने यहाँ शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गैर कानुनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।

डेली स्टारको रिपोर्टका अनुसार २६ बर्सिया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन् । ती विद्यार्थी अभिभावकसँगै बस्थे ।

यस घटना सार्वजनिक भएपछि ती विद्यार्थीको परिवारमा आक्रोश र आश्चर्य छ, धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? उनीहरूले यो कुरा धेरै ढिलो थाहा पाए । यसबीचमा कालीले राति राती गोप्य रूपमा बालकको घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन् । कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभई गाडी र बगैँचामा पनि यौन सम्पर्क राखेकी थिइन ।

अरू कसैको ध्यान नपरोस् भनेर उनीहरूले सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेको कुरा अदालती प्रकियाको क्रममा खुलेको थियो ।

प्रचलित कानुनअनुसार अब ती शिक्षिकालाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन् । एजेन्सी